कीवर्डहरू -

सहुलियतको खोपले हानि गरे कम्पनीलाई मुद्दा हाल्न नपाइने

सहुलियतको खोपले हानि गरे कम्पनीलाई मुद्दा हाल्न नपाइने

कोभ्याक्स सुविधाअन्तरगत कोभिड–१९ विरुद्धको खोप प्राप्त गर्न उत्पादक कम्पनीलाई मुद्दा हाल्न नपाइने प्रत्याभूति दिनुपर्ने भएको छ  खोप लगाउने व्यक्तिलाई कुनै हानि–नोक्सानी भए त्यसको जिम्मेवार नहुने गरी उत्पादक कम्पनीले सुरक्षा प्रत्याभूति खोजेको सरकारी अधिकारीले जनाएका छन् ।

कोभिड खोप सल्लाहकार समितिका संयोजक तथा बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा. श्यामराज उप्रेतीले कोभ्याक्सबाट खोप प्राप्त गर्ने सबै १ सय ८९ राष्ट्रले नै आगामी जनवरी ८ तारिखसम्म यस्तो प्रत्याभूति पठाइसक्नुपर्ने बताए ।

व्यक्तिले खोप लगाएपछि देखिन सक्ने कुनै पनि असामान्य दुष्प्रभावका लागि उत्पादकलाई दोष दिन नपाइने प्रक्रिया सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयले तयारी गर्दैछ ।

‘हामीले कोभ्यासबाट खोप पाउनका लागि उत्पादकलाई मुद्दा नहाल्ने सुरक्षा प्रत्याभूति पठाउनुपर्छ,’ राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष प्रा.डा. रमेशकान्त अधिकारीले भने, ‘देशको २० प्रतिशत जनसंख्याका लागि १.६ डलरदेखि २ डलरसम्मको सहुलियत मूल्यमा कोभ्याक्स सुविधाअन्तरगत कोभिडको खोप उपलब्ध हुने भनिएको छ ।’

कोभ्याक्सले नेपाललगात अन्य मुलुकलाई कुन खोप दिनेबारे अझै टुंगो लागेको छैन । यो समाचार आजको कान्तिपुर दैनिकमा रहेको छ ।