कीवर्डहरू -

क्लाउड कम्प्युटिङ कोर्स शुरु गर्न लर्डबुद्ध र जेनेस क्लाउड एकेडेमी बीच सहकार्य

क्लाउड कम्प्युटिङ कोर्स शुरु गर्न लर्डबुद्ध र जेनेस क्लाउड एकेडेमी बीच सहकार्य

क्लाउड कम्पुटिङ्गको प्रयोग अहिले व्यवसायिक प्रतिष्ठानहरुमा बढ्दो मात्रामा रहेको छ । सन् २०२१ सम्ममा विश्वव्यापी रुपमा यसको व्यापार ३०० बिलीयन डलरको हुने अनुमान गरिएको छ ।

उद्योग व्यवसायमा बढ्दो सुचना प्रविधिको प्रयोगले क्लाउड कम्पुटिङ्गमा दक्ष जनशक्तिको ठुलो माग रहेको छ । यस क्षेत्रमा विश्वव्यापीरुपमा रोजगारीका नयाँ अवसरहरु सिर्जना भएका छन् ।

व्यवसायीहरुले सफ्टवेयर, इन्फ्रास्ट्रकचर र प्लेटफर्मलाई सेवाको रुपमा ग्रहण गर्दै जाँदा अग्रणी क्लाउड सेवा प्रदायकहरु बढी प्रतिस्पर्धी हुदै गइरहेका छन् । पछिल्ला ३ वर्षमा यस क्षेत्रमा २२३ प्रतिशतले रोजगार वृद्धि भएको देखिन्छ ।

यस्तो अपार रोजगारीको संभावना रहेको क्षेत्र क्लाउड कम्पुटिङ्गमा दक्ष जनशक्ति उत्पादन गर्नकोलागी लर्ड बुद्ध एजुकेसन फाउण्डेसन क्याम्पसले बेलायतको जेनेस क्लाउड एकेडेमसगं सहकार्य गर्ने भएको छ ।

यस साझेदारी कार्यक्रम अन्तरगत विद्यार्थीले बीएससी आईटी (अनर्स) को साथ साथै जेनेस क्लाउड एकेडेमीको सहकार्यमा क्लाउड कम्पुटिङ्ग सैद्धान्तिक तथा व्यहारिक ज्ञान प्राप्त गर्ने छन् ।

सन् १९९८ मा स्थापित लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले एशिया प्यासिफिक यूनीभर्सिटी मलेसियासँग शैक्षिक सहकार्य गरी नेपालमा सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक स्तरको विषयमा अध्यापन गराउदैं आएको छ ।

संस्थाले नयाँ किसिमको रोजगारमुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गरेको छ । कलेजका अध्यक्ष पंकज जालानले भने, ‘यस सहकार्यले उद्योग र औपचारिक शिक्षा बिचको दुरीलाई कमगर्ने विश्वाश लिएका छौं । साथै यस कार्यकोलागी जेनेस क्लाउड एकेडेमी जस्तो सहयात्री पाउदाँ अत्यन्तै हर्षित छौं ।’

उक्त कार्यक्रममा लर्डबुद्ध एजुकेसन फाउण्डेसनले बीएससी आईटी (अनर्स) कार्यक्रममा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुकोलागी एक जना छात्रा सहित ३ जना विद्यार्थीहरुकोलागी पुर्ण छात्रवृती उपलब्ध हुने जानकारी गराएको छ । सोको छनौट जेनेस क्लाउड एकेडेमीको अगुवाईमा गठीत छात्रवृत्ति छनौट समितीले गर्नेछ ।

उक्त कार्यक्रममा जेनेस क्लाउड एकेडेमीका प्रमुख कार्यकारी अधिकृत अंजनी फुँयालले सूचना प्रविधि उद्योग र शैक्षिक क्षेत्र बीच सहकार्यको महत्वमा जोड दिए ।

‘आजको यस डिजिटल युगमा क्लाउड कम्प्युटिङ्ग  सबै उद्योग हरु को लागी मेरुदण्ड साबित भएको छ,’ उनले भने, ‘यसले सूचना प्रविधिमा भविष्य देखिरहेका विद्यार्थीहरूको लागि विश्वव्यापी रोजगारीको सृजना गरेको छ । उक्त अवसरको लागि विद्यार्थीहरुले यस क्षेत्रसँग सम्बन्धित ज्ञानको दक्षता हासिल गर्न तयार रहनु पर्नेछ ।’

उनका अनुसार  आज लर्ड बुद्ध एडुकेसन फाउनडेसन र जेनेस क्लाउड एकेडेमी बीच भइरहेको यस साझेदारीले शैक्षिक क्षेत्र तथा सूचना प्रविधि उद्योग बीचको दुरीलाई कम गर्न कोशेढुंगा सावित हुनेछ  ।

यसैगरी उक्त कार्यक्रमका हाल  भारत र दक्षिण एशियाका लागि एआई र मेसिन लर्निङका लागि नेतृत्व लिइरहेका  कनिष्क अग्रवालको सहभागिता रहेको थियो । उनले यस साझेदारीका  लागि दुबै  संस्थालाई बधाई  दिए ।

यसका साथै एडब्ल्यूएसका कार्यहरूको जानकारी दिँदै  यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादनको लागि एडब्ल्यूएस शिक्षा कार्यक्रम सुरु गरेको उनले बताए । उ

नले नेपाली आईटी बजार प्रवर्द्धनको लागि  जेनेस क्लाउड एकेडेमीले महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै नेपालमा समेत निकट भविष्यमै एडब्ल्यूएस एकेडेमीको सञ्चालन गरिने प्रतिबद्धता जनाए ।

उक्त कार्यक्रममा कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान) महासंघका निवर्तमान अध्यक्ष हेमन्त चौरसियाको  समेत उपस्थिति रहेको थियो ।

उनले आईटी शिक्षालाई समृद्ध बनाउन शैक्षिक संस्थालाई सहयोग गर्न कम्प्युटर एसोसिएशन अफ नेपाल सदैव तत्पर  रहने प्रतिबद्धता व्यक्तु गरे ।

सो कार्यक्रममा लर्च बुद्ध कयाम्पसका कार्यकारी निर्देशक प्रकाश कुमार केजरीवालले पनि संबोधन गरेका थिए ।