कीवर्डहरू -

ट्विटरले किन्यो स्क्रीन शेयर तथा भिडियो च्याट गर्न मिल्ने एप स्क्वाड

ट्विटरले किन्यो स्क्रीन शेयर तथा भिडियो च्याट गर्न मिल्ने एप स्क्वाड

ट्वीटरले स्क्वाड एपलाई खरिद गरेको छ । यो एपमा स्क्रीन सेयरिङ र भिडियो च्याट गर्न मिल्छ । टेकक्रन्चको अनुसार स्क्वाडको सम्पूर्ण टीम सहित सहसंस्थापक इस्थर क्रफर्ड र इथान सुटिन पनि ट्वीटरको अन्तरगत आएका छन् ।

यही टीमले मिलेर आगामी दिनमा नयाँ फरम्याट बनाएर एपलाई अझै रमाइलो र अर्थपूर्ण बनाइदिने छ । क्रफर्डको अनुसार यो सहकार्यले अरु व्यक्तिहरुलाई पनि लगानीका लागी इच्छुक पार्नेछ ।

महामारी सुरु भएदेखि स्क्वाडका प्रयोगकर्ता ११०० प्रतिशतले बढेको छ । तर यो एप डिसेम्बर १२ देखि चल्नका लागी बन्द गरिएको छ । यो धेरै जसो स्न्याप डेभलपर उपकरण प्रयोग गरी बनेकाले ट्वीटरले यस्तो गर्नुपरेको हो ।

त्यही कारणले स्क्वाडलाई टवीटरमा ल्याउन गाह्रो भएको थियो । ट्वीटरले पहिले भने भाइन जस्तो चर्चित एपलाई सम्हाल्न नसकेर बन्द नै गरिदिएको थियो ।