कीवर्डहरू -

नेपालको आफ्नै स्याटेलाइट राख्न नयाँ प्रक्रिया शुरू, प्राधिकरणले माग्यो आशयपत्र

नेपालको आफ्नै स्याटेलाइट राख्न नयाँ प्रक्रिया शुरू, प्राधिकरणले माग्यो आशयपत्र

नेपालको आफ्नै स्याटेलाइट राख्न नेपाल दूरसञ्चार प्राधिकरणले पुनः नयाँ प्रक्रिया अगाडी बढाएको छ । स्याटेलाइट राख्न चारवर्ष अघि शुरू गरेको पुरानो प्रक्रिया रद्द गरेपछि प्राधिकरणले नयाँ प्रक्रिया अगाडी बढाएको हो ।

दूरसञ्चार प्राधिकरणले बुधबार सूचना प्रकाशित गर्दैं स्याटेलाइटको नियमन तथा सुरक्षा, व्यवसायिक मोडालिटी र सञ्चालनको मोडालिटी नीति तयार गर्न अन्तर्राष्ट्रिय परामर्श माग गरेको छ ।

परामर्शको लागि नेपाल सरकारले छुट्टै रकम विनियोजन गरेको भन्दै दूरसञ्चार प्राधिकरणले इच्छुक परामर्शदाताबाट आशयपत्र माग गरेको हो ।


यो पनि पढ्नुहोस्ः नेपालको आफ्नै स्याटेलाइट राख्न चारवर्ष अघि शुरु गरेको प्रक्रिया रद्द


इच्छुक परामर्शदाताले आशयपत्रसँग सम्बन्धित डकुमेन्ट निःशूल्क लिन सक्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार परामर्शदाताले यो प्रक्रियाको लागि अन्य परामर्शदातासँग सहकार्य गर्न सक्नेछन् ।

परामर्शदाताले आगामी डिसेम्बर ३१ भित्र आफ्नो आशयपत्र दर्ता गरिसक्नुपर्नेछ । आशयपत्रको मुल्याङ्कन ४० प्रतिशत योग्यता, ५० प्रतिशत अनुभव र १० प्रतिशत क्षमताका आधारमा गरिने छ ।

आशयपत्र मुल्याङ्कनको आधारमा सर्टलिस्टेड फर्महरुलाई मात्र प्राविधिक र वित्तिय प्रस्ताव पेश गर्न इन्भाइट गरिनेछ । आशयपत्र पास हुनलाई न्युन्तम ६० स्कोर प्राप्त गर्नुपर्ने छ ।