कीवर्डहरू -

म्युजिक मेमोज एप बन्द गर्दैं एप्पल

म्युजिक मेमोज एप बन्द गर्दैं एप्पल

एप्पलले आफ्नो म्युजिक मेमोज रेकर्डिङ एपलाई बन्द गर्ने भएको छ । कम्पनीले यही हप्ता एपलाई १.०.७ भर्सनमा अपडेट गरेको छ । यो एप्पलको रेकर्ड गर्न मिल्ने सफ्टवेयर हो ।

यसलाई २०१६ मा सार्वजनिक गरिएको थियो । कम्पनीले यो एप भने सङ्गीतकारहरुलाई सहज होस भनेर सार्वजनिक गरेको थियो । यसले गर्दा सङ्गीतकारहरुले प्रेरणा पाउने बित्तिकै केही स्नीपेट रेकर्ड गर्न सक्दथे ।

अब अपडेट गरिएको म्युजिक मेमो खोल्यो भने त्यहाँ भोइस मेमोमा आफ्नो रेकर्डिङ एक्सपोर्ट गर्नलाई नोटिफिकेसन आउने गर्दछ । त्यो पप अपलाई हटाएमा फेरि सात दिन पछि नोटिफिकेसन आउने गर्दछ ।

एक्सपोर्ट गरेपछि ‘म्यूजिक मेमो’ भन्ने फोल्डरमा रेकर्डिङ्ग आउने गर्दछ । आगामी मार्च १ पछि म्यूजिक मेमोलाई डाउनलोड गर्न मिल्दैन् । धेरै मान्छेले यो सफ्टवेयर प्रयोग नगरेकाले एप बन्द गरिएको अनुमान लगाइएको छ ।