कीवर्डहरू -

सनराइज बैंकका ग्राहकलाई सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीमा १० प्रतिशत छुट

सनराइज बैंकका ग्राहकलाई सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीमा १० प्रतिशत छुट

सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिँदैं आएको छ ।

त्यसै क्रममा बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीसँग सम्झौता गरेको छ । सनराइज बैंक लिमिटेड तथा सिद्धार्थ ग्रुप अफ हस्पिटालिटी बीच बैंकका ग्राहकहरुलार्ई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले सिद्धार्थ ग्रुपका होटलहरुमा खान, बस्न तथा बेबरेज जस्ता सुबिधाको भुक्तानी गर्दा सन्राइज बैंकको के्र्रडिट तथा डेबिट कार्ड देखाएर वा कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन् ।

उक्त सम्झौता पश्चात सिद्धार्थ ग्रुप अन्तर्गत रहेका काठमाडौं उपत्यका तथा उपत्यका बाहिर महेन्द्रनगर, कैलाली, बुटबल, सुर्खेत, बिर्तामोड लगायतका अन्य जिल्लाहरुमा अवस्थित होटल, रिर्सोट, रेष्टुरेन्ट तथा क्याफेहरुमा पनि ग्राहकहरुले छुटको लाभ लिन सक्नेछन् ।