कीवर्डहरू -

सामसङ ग्यालेक्सी एस २१ सिरिज एस पेन सपोर्टको साथ आउने 

सामसङ ग्यालेक्सी एस २१ सिरिज एस पेन सपोर्टको साथ आउने 

सामसङ ग्यालेक्सी एस २१ सिरिज एस पेन सपोर्टको साथ आउने भएको छ । जुन यो फ्ल्यागशिप सिरिजको लागि पहिलो हुनेछ ।

सामसङले जनवरी १४ मा ग्यालेक्सी एस २१ लाइनअपलाई सार्वजनिक गर्न सक्ने छ । यो फोन एस २१ प्लस र एस २१ अल्ट्रा मोडेलमा सार्वजनिक हुन सक्ने छ ।

अहिले सम्म डिभाइसको मूल्य भने सार्वजनिक भएको छैन् । एन्ड्रोइड अथोरिटीको अनुसार एस २१ खैरो, गुलाबी, बैजनी, चाँदी र कालो रङ्गमा उपलब्ध हुनेछ त्यस्तै एस २१ अल्ट्रा भने गुलाबी, बैजनी, चाँदी र कालो रङ्गमा उपलब्ध हुनेछ ।

अझै हाई एण्डको एस २१ अल्ट्रा मोडेल भने चाँदी र कालो रङ्गमा उपलब्ध हुनेछ । तीन ओटै मोडेलले स्न्यापड्रागन चीपसेटको सट्टा सामसङको एक्सीनोस २१०० प्रोसेसर प्रयोग हुने जनाइएको छ ।

ग्यालेक्सी एस २१ अल्ट्रा मोडेलमा १०८ मेगापिक्सेलको प्राइमरी क्यामेरा र दुई ओटा सेकेन्डरी १० मेगापिक्सेलको सेन्सर हुनेछ ।