कीवर्डहरू -

फेक ईमेल तथा फेसबुक आइडिबाट महिलालाई अश्लील तस्वीर पठाउने २ जना पक्राउ

फेक ईमेल तथा फेसबुक आइडिबाट महिलालाई अश्लील तस्वीर पठाउने २ जना पक्राउ

प्रहरीको साइबर ब्यूरोले फेक इमेल तथा फेसबुक आइडी बनाई महिलालाई अश्लील सन्देश, तस्वीर पठाउने र यौन उत्पिडन एवं हैरानी दिने २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ विराटनगर उपमहानगरपालिका ३ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका ७ गल्फुटार बस्ने ३३ वर्षीय सुमन रेग्मी रहेका छन् । उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो ।

उनले फेक इमेल बनाई परिचित महिला साथिलाई आफुसँग अर्धनग्न र नग्न तस्वीर भएको तथा सो तस्वीरहरु सार्वजनिक नगर्न ७० लाख माग्ने, यौन उत्पीडन र हैरानी गर्ने कार्य गरेका थिए ।

त्यस्तै ब्यूरोले चितवन माडी नगरपालिका ६ कल्याणपुरका ३५ वर्षीय थमबहादुर विश्वकर्मालाई पनि पक्राउ गरेको छ ।

फेक फेसबुक आइडी बनाई नजिकको नाता पर्ने महिलालाई यौनजन्य, अश्लील सन्देश तथा तस्बीर पठाउने, यौन अश्लीलतायुक्त अनर्गल सामग्री पोष्ट गरी अपमान गर्ने, हैरानी दिने कार्य गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुले विद्युतीय कारोवार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुर गरेको पाईएको हुँदा जिल्ला अदालत काठमाडौबाट अनुमती लिई पक्राउ गरिएको हो । साइबर ब्यूरोका प्रवक्ता नविन्द अर्यालका अनुसार उनीहरुमाथी थप अनुसन्धान भइरहेको छ ।