कीवर्डहरू -

राष्ट्रिय वाणिज्य बैंकले युवालाई उद्यमशीलता विकास र वित्तीय साक्षरताको तालिम सञ्चालन गर्ने

राष्ट्रिय वाणिज्य बैंकले युवालाई उद्यमशीलता विकास र वित्तीय साक्षरताको तालिम सञ्चालन गर्ने

युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय युवा परिषद् बीच बिहीबार एक कार्यक्रमका बीच काठमाडौंमा सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पछि राष्ट्रिय युवा परिषद्ले प्रत्येक प्रदेशका पांँचवटा पालिकास्तमा जम्मा ३५ समूहमा १६ देखि ४० वर्षसम्मका युवाहरुलाई उद्यमशीलता विकासको लागि उद्यमशीलता विकास र वित्तीय साक्षरता कार्यक्रम संचालन गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले उद्यमी बन्न चाहने युवा र बैंकबीचको खाडल यो सम्झौता पछी हट्ने बताउँदै लाखौ युवाहरु उत्पादनसँग जोडिई स्वरोजगार बन्ने बताए ।

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले यो तालिमले युवालाई व्यवसाय र शिप विकासको ज्ञान दिने हुँदा बैंकको कर्जा दुरुपयोग हुने जोखिम घट्ने बताए ।

उक्त कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल तथा राष्ट्रिय युवा परिषद्का उपसचिव कमला ज्ञवालीले युवाहरुलाई यो कर्जाले उद्यमशीलताको विकास गर्न सहयोग पुग्ने बताए ।