कीवर्डहरू -

क्यान इन्फोटेक २०२० को स्टार्टअप पेभिलियनमा सहभागी उत्कृष्ट स्टार्टअपलाई नगद सहित सम्मान

क्यान इन्फोटेक २०२० को स्टार्टअप पेभिलियनमा सहभागी उत्कृष्ट स्टार्टअपलाई नगद सहित सम्मान

कम्प्युटर एसोशिएसन नेपाल (क्यान) महासंघले सन् २०२० को क्यान इन्फोटेकमा स्टार्टअप पेभिलियनमा सहभागी स्टार्टअप मघ्ये उत्कृष्ट एक स्टार्टअप ‘होम मेड नेपाल’ लाई पुरस्कार प्रदान गरेको छ ।

क्यान महासंघले शुक्रबार आयोजना गरेको ‘ब्रिजिङ दी ग्याप फर आइसिटी ग्रोथ’  विषयक कार्यक्रममा होम मेड नेपालका श्रृष्टि अवाले र सुशान्त मर्जनलाई ५० हजार नगद सहित सम्मान गरेको हो ।

महासंघले क्यान इन्फोटेक २०२० मा स्टार्टअपहरुलाई प्रोत्साहित गर्न र प्रवर्द्धन गर्न छुटै स्टार्टअप पेभिलियनको व्यवस्था गरेको थियो ।

जस अनुसार स्टार्टअप पेभिलियनमा सहभागी भएका स्टार्टअप मध्ये एक स्टार्टअपलाई सम्मान गर्ने बताइएको थियो ।

उक्त सम्मान राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा वितरण गर्ने भनिए पनि कोरोना महामारीको कारण शुक्रबार मात्रै वितरण गरिएको हो ।

साथै श्रृष्टि अवाले, सुशान्त महर्जन, र गौतम श्रेष्ठले बनाएको स्मार्ट घर प्रोजेक्ट राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२० को उत्कृष्ट ५ मा छनौट भएको छ ।