कीवर्डहरू -

नेटफ्लिक्समा आयो अडियो मात्रै सुन्न सकिने प्लेब्याक मोड 

नेटफ्लिक्समा आयो अडियो मात्रै सुन्न सकिने प्लेब्याक मोड 

नेटफ्लिक्सले पोडकास्ट जस्तै अडियो मात्रै सुनिने प्लेब्याक मोड ल्याएको छ । एन्ड्रोइड पुलिसको रिपोर्ट अनुसार यो भने एन्ड्रोइड एपमा उपलब्ध हुन्छ ।

यो सर्भर साइड अपडेटको रुपमा आएको छ र यो अपडेट पाउनेले फूल स्क्रीनाको माथिल्लो भागमा भिडियो अफ भन्ने बटन पाउन सक्छन् । त्यसमा गएर थिचेमा स्क्रीन कालो हुन्छ र अडियो मात्रै प्लेब्याकमा बज्छ ।

यसलाई एपको सेटिङ्गमा गएर पनि ‘अडियो अनली’ भन्ने विकल्पमा थिचेर चलाउन सकिन्छ । त्यहाँ थिच्दा तीन ओटा अप्सन आउने गर्दछ ।

जसमा पहिलो सधैंभर अन राख्ने या हेडफोन अथवा एक्स्टर्नल स्पीकर अन गर्दा मात्रै फिचर चल्ने वा फिचर अफ गर्ने भन्ने फिचरहरु रहने गर्दछन् ।

यो सेटिङ्ग छानेपछि डेटाको खपत पनि घट्छ र यसले अरु केही काम गरिरहदा प्रोग्राम सुन्ने मौका पनि दिने गर्दछ । यसले एकैसँगै अरु काम गर्नका लागी सहज पारिदिने गर्दछ । यो फिचर सबै क्षेत्रमा आउन भने केही समय लाग्न सक्छ ।