कीवर्डहरू -

एटिएमबाट पैसा निकाल्न अब कार्ड नचाहिने, यसरी गर्नुहोस् प्रयोग 

एटिएमबाट पैसा निकाल्न अब कार्ड नचाहिने, यसरी गर्नुहोस् प्रयोग 

लक्ष्मी बैंकले एटीएमबाट पैसा झिक्न एटीएम कार्ड नचाहिने प्रविधिको शुरुवात गरेको छ । नेपालमै पहिलो पटक नौलो प्रकारको सुविधा डिजिटल बैंकिङ्ग प्रविधि विस्तार गर्ने क्रममा लक्ष्मी बैंकले वालेटलाई पूर्ण रुपमा डिजिटल बनाउने तयारी गरिरहेको जनाएको छ ।

लक्ष्मी बैंकले एटीएम कार्डको विकल्पको रुपमा एक नौलो प्रविधि ल्याएको छ । जुन नेपालमै पहिलो पटक लक्ष्मी बैंकले भित्र्याएको हो ।

लक्ष्मी बैंकको मोबाइल एप ‘मोबाइल मनि’ मा रहेको एक सुविधा प्रयोग गरेर सजिलै एटीएमबाट कार्ड बिना नै पैसा झिक्न सकिने छ । यसको लागि बैंकको उक्त सेवा सब्स्क्राइब गर्नुपर्छ ।

कसरी प्रयोग गर्ने ?

सुरुमा लक्ष्मी बैंकको मोबाइल एप मोबाइल मनिमा लगइन गर्ने । लगइन गरेपछि ‘कार्डलेस विथ ड्र’ भन्ने अप्सन देखिने छ । त्यसपछि यसमा क्लिक गरेर चाहेजतिको रकम हाल्नु पर्नेछ ।

त्यस पछि ‘कन्फर्म’ गर्नका लागि आफ्नो एम पिन वा फिंगर प्रिन्ट स्क्यान गर्नु पर्नेछ । यति गरिसकेपछि आफ्नो फोन (मोबाइल मनिमा दर्ता भएको नम्बर) मा ‘ओटीपी कोड’ आउने छ ।

जसलाई कारोबार नसकेसम्म सुरक्षित राख्नुपर्ने हुन्छ तर प्राप्त भएको सो ओटीपी कोड केहि समय सम्मका लागि मात्र प्रयोग गर्न सकिनेछ ।

यति गरिसकेपछी एटीएम बुथमा एटीएममा पनि कार्ड हाल्नु अगाडिनै ‘कार्ड रहित’ भन्ने अप्सन देख्निने छ  र सो अप्सन छानिसके पछि आफ्नो मोबाइल मनिमा दर्ता भएको नम्बर हाल्नु पर्ने हुन्छ।

त्यस पछी मोबाइलमा एसएमएसको रुपमा आएको ओटीपी कोड र मोबाइल मनिमा अनुरोध गरिएको रकम हालेपछि एटीएमबाट नगद प्राप्त गर्न सकिन्छ । साथै एटीएममा र मोबाइल मनिमा हालिएको रकम कम वा बढी नभई एउटै हुन पर्नेछ ।