कीवर्डहरू -

क्युआर पेमेन्टलाई प्रोत्साहन गर्न अभियान चलाउँदैं राष्ट्र बैंक

क्युआर पेमेन्टलाई प्रोत्साहन गर्न अभियान चलाउँदैं राष्ट्र बैंक

क्युआर पेमेन्टलाई प्रोत्साहन गर्न नेपाल राष्ट्र बैंकले अभियान चलाउने भएको छ । शुक्रबार क्यान महासंगले आयोजना गरेको फस्ट इन्डष्ट्री गभर्मेन्ट डाइलगः ब्रिजिङ दी ग्याप फर आइसिटी ग्रोथ कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् ।

‘अल्टिमेट्ली कालिमाटीको तरकारी बजार पनि हामी क्युआर मार्फत पेमेन्ट हुने बनाउछौं’, उनले भने, ‘यसको सुरुवात नक्सालबाट गर्दैं छौं । भोली हामी देशैंभरिका पसल पसलमा क्युआर लिएर पुग्छौं ।’

डिजिटल भुक्तानीको लागि नेपाल राष्ट्र बैंकबाट अनुमति लिएर काम नगरि बसेका संस्थाहरुलाई काम नगरि बस्न नदिइने राष्ट्र बैंकको नीति रहेको उनले बताए । क्यान महासंघ र यससँग सम्बन्धित साथिहरुसँग सहकार्य गर्न राष्ट्र बैंक पनि उत्सुक रहेको अधिकारीले बताए ।

‘इन्नोभेसन सुरु गरी राख्दा त्यससँग सम्बन्धित कतिपय कानून तपाईले पाउनु हुन्न’ अधिकारिले भने ‘कानून रहेनछ अहिले सुरु गर्दिन्न भन्नुभयो भने तपाई मात्र पछि पर्नुहुन्न हाम्रो अर्थतन्त्र पछि पर्छ, देश पछि पर्छ । त्यसैले तपाईले सुरु गर्ने हो । नियम छैन् भनेर रोकिनु भयो भने त इन्नोभेसन नै हुँदैन् ।’