नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले इ वेस्टको उचित व्यवस्थापन गर्न सरकारलाई सिफारिस गरेको बताएका छन् ।
शुक्रबार क्यान महासंगले आयोजना गरेको फस्ट इन्डष्ट्री गभर्मेन्ट डाइलगः ब्रिजिङ दी ग्याप फर आइसिटी ग्रोथ कार्यक्रममा खनालले यस्तो बताएका हुन् ।
‘इ वेस्टको लागि दूरसञ्चार प्राधिकरणले अध्ययन गरेको छ’, खनालले भने, ‘हामीले सरकारलाई इ वेस्टको उचित व्यवस्थापन हुनुपर्यो भनेर सिफारिस गरेका छौं ।’
कार्यक्रममा बोल्दैं खनालले भने ‘आगामी चैत भित्रमा देशभर ब्रोडब्याण्ड पुर्याउने काम करिब ८५ प्रतिशत सम्पन्न हुन्छ र आगामी वर्षको ५/६ महिनामा सम्पूर्ण काम सम्पन्न हुन्छ ।’
‘देशैभर एउटै ट्यारिफ हुनुपर्छ भन्ने शर्त सहित ब्रोडब्याण्ड पेनिटेरेट भएको छ,’ उनले भने, ‘निकट भविष्यमै सायद ब्रोडब्याण्ड नपुग्ने नेपालको कुनै पनि ठाउँ रहदैन् ।’
आईसीटी समाचार