कीवर्डहरू -

इन्स्टाग्रामको लाइट एप भारतमा सार्वजनिक, यस्ता छन् फिचर

इन्स्टाग्रामको लाइट एप भारतमा सार्वजनिक, यस्ता छन् फिचर

इन्स्टाग्रामले भारतमा आफ्नो २ एमबीको इन्स्टाग्राम लाइट सार्वजनिक गरेको छ । इन्स्टाग्रामको लाइट एप अहिले एन्ड्रोइडको टेस्ट मोडमा रहेको छ ।

यसले फोनमा एपको साइजलाई व्यवस्थापित गर्नमा मद्दत पुर्‍याउनेछ । गत मेमा फेसबुकले इन्स्टाग्राम लाइटलाई हटाएर नयाँ भर्सन आउन लागेको जानकारी दिएको थियो ।

सेप्टेम्बरमा इन्स्टाग्राम लाइटको नयाँ भर्सन आएको थियो तर आधिकारिक रुपमा भने कम्पनीले अहिले मात्रै घोषणा गरेको हो । यस भर्सनमा फीड र स्टोरीमा अझै फिचरहरु दिइएको छ ।

तर रील्स, आइजीटीभी जस्ता फिचरहरु भने हटाइएको छ । स्टोरीमा एआर ईफेक्ट पनि हाल्न मिल्दैन् । अब फेसबुकको तीन ओटै फेसबुक, मेसेन्जर र इन्स्टाग्रामको लाईट भर्सन पनि सार्वजनिक भएको छ ।