कीवर्डहरू -

भविष्यमा स्न्यापड्रयाग्न फोनले चार वर्ष सम्म सुरक्षा अपडेट पाउन सक्ने

भविष्यमा स्न्यापड्रयाग्न फोनले चार वर्ष सम्म सुरक्षा अपडेट पाउन सक्ने

भविष्यमा स्न्यापड्रयाग्न फोनहरुले चार वर्ष सम्मको सुरक्षा अपडेटहरु पाउन सक्ने भएका छन् । यो गूगल र क्वालकम बिचमा प्रोजेक्ट ट्रेबललाई सुधार गर्ने सम्झौता भएकाले अनुमान गरिएको हो ।

गूगलले सन् २०१७ मा प्रोजेक्ट ट्रेबलको घोषणा गरेको थियो । यसले फोन निर्माणकर्ताहरुलाई मोबाइल अपरेटिङ प्रणालीमा सजिलै र छिट्टै अपडेटको नयाँ भर्सन हाल्न सक्ने सुविधा दिन्छ ।

तर त्यति खेर यो प्रोजेक्ट अघि बढेन र अब मात्रै यो प्रोजेक्टलाई क्वालकमसँग सहकार्य गरेर अघि बढाउने भएको हो । यी दुई कम्पनीको सम्झौताले निर्माणकर्ताहरुलाई अपडेट ल्याउनका लागी लाग्ने समय र मिहिनेतको खपत कम गरिदिएर सहज बनाइदिनेछ ।

त्यही कारणले प्रोजेक्ट ट्रेबललाई सपोर्ट गर्ने स्न्यापड्रयाग्न फोनहरुले चार वर्ष सम्मको सुरक्षा अपडेटहरु पाउन सक्नेछन् ।

यसको लागी फोन भने हाई–इण्डको हुनुपर्छ । यसका लागी फोनहरुले स्न्यापड्रयाग्न ८८८ चीप प्रयोग गरेको हुनुपर्छ ।