कीवर्डहरू -

सर्फेस पिसीको लागि एआरएममा आधारित आफ्नै चीप बनाउँदैं माइक्रोसफ्ट

सर्फेस पिसीको लागि एआरएममा आधारित आफ्नै चीप बनाउँदैं माइक्रोसफ्ट

सर्फेस बुक ३ । फाइल तस्वीर


माइक्रोसफ्टले पनि अब सर्फेस पिसीको लागि एआरएममा आधारित आफ्नै चीप बनाउने भएको छ । ब्लुमबर्गको रिपोर्ट अनुसार सर्फेस पीसीका लागी आफ्नै एआरएममा आधारित चीप बनाइरहेको छ ।

इन्टेलबाट धेरै कम्पनीहरुले आफ्नो झुकाव हटाउन खोजिरहेका छन् । माइक्रोसफ्टले बनाइरहेको यो नयाँ चीपले सरफेस पीसी र अरु क्लाउड पूर्वाधारलाई पावर गर्नेछ । ब्लुमबर्गको रीपोर्ट अनुसार कम्पनीले यो चीपलाई डेटा सेन्टरमा प्रयोग गर्ने लक्ष्य राखेको छ ।

यसलाई कम्प्यूटरमा भन्दा पनि क्लाउडमा प्रयोग गरिने विश्वास गरिएको छ । माइक्रोसफ्टले अहिले वर्तमानमा एजुरे क्लाउड सेवालाई पावर गर्नका लागी इन्टेलको प्रोसेसर प्रयोग गरिएको हुन्छ । यो कम्पनीका लागी ठूलो सफलता हुनेछ ।

माइक्रोसफ्टले अझै एआरएममा आधारित कम्प्यूटर बनाउन खोजिरहेको बताइएको छ । यसले इन्टेललाई भने एकदमै ठूलो प्रभाव पार्नेछ । एप्पलले पनि आफ्नो म्याकबुक एयरमा आफ्नै चीप प्रयोग गर्न थालेको छ ।