कीवर्डहरू -

शीमारु एपको मजा, अब भाया टिभीमा

शीमारु एपको मजा, अब भाया टिभीमा

भायानेटले भाया टीभीमार्फत् अझ बढी मनोरञ्जन प्रदान गर्नको लागि भाया टिभीमा शीमारु एप पनि समावेश गर्ने भएको छ ।

भायानेट नेपालभरी व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्रदायक हो ।

आफ्ना ग्राहकहरुलाई सेवाहरु र अफरहरु प्रदान गर्ने कुरामा भायानेट सधै अगाडि हुन्छ । यसै क्रममा ग्राहकहरुलाई भाया टीभीमार्फत् अझ बढी मनोरञ्जन प्रदान गर्नको लागि भाया टीभीमा शीमारु एप पनि समावेश गर्ने जनाएको छ ।

भायानेटका ग्राहकहरुले अब मात्र प्रति महिना ९९ रुपैयाँ (भ्याट बाहेक) तिरेर २५ वटा शानदार सिनेमाहरुको आनन्द लिन सक्नेछन् ।