कीवर्डहरू -

नोकियाको सस्तो फोन सीवान प्लस नेपालमा, यस्तो छ मूल्य अनि फिचर

नोकियाको सस्तो फोन सीवान प्लस नेपालमा, यस्तो छ मूल्य अनि फिचर

नेपाली बजारमा नोकिया सीवान प्लस स्मार्टफोन सार्वजनिक भएको छ । नोकियाको सस्तो स्मार्टफोन नेपालमा आएको हो ।

नोकिया सीवान प्लसमा ५.४५ इन्चको एचडी प्लस आईपीएस क्लियारीटी डिस्प्ले छ । यसमा ५ मेगापिक्सेल रियर र फ्रन्ट क्यामेरा राखिएको छ ।

नोकिया सीवान प्लसमा एन्ड्रोइड टेन गो संस्करण अपरेटिङ सिस्टम राखिएको छ । यसमा बायोमेट्रिक फेस अनलकको सुविधा समेत रहेको छ ।

नोकिया सीवान प्लसमा १ जीबी र्‍याम र १६ जीबी इन्टरनल स्टोरेज भेरियन्टमा नेपालमा उपलब्ध भएको छ । यसको मूल्य ८ हजार ३ सय ९९ रुपैयाँ तोकिएको छ । फोन १५ डिसेम्बरदेखि बजारमा उपलब्ध भएको छ ।