कीवर्डहरू -

सामसङको ग्यालेक्सी एम ५१ स्मार्टफोन नेपालमा, यस्तो छ मूल्य अनि फिचर 

सामसङको ग्यालेक्सी एम ५१ स्मार्टफोन नेपालमा, यस्तो छ मूल्य अनि फिचर 

सामसङले नेपालमा एम सिरिज अन्तर्गत ग्यालेक्सी एम ५१ स्मार्टफोन सार्वजनिक गरेको छ । ग्यालेक्सी एम सिरिज स्मार्टफोनले छोटो अवधिमा आम नेपाली ग्राहकहरुको मन मस्तिष्कमा राम्रो छाप पार्न सफल भएको छ ।

नेपालमै पहिलो पटक ७ हजार एमएएचको ब्याट्री भएको ग्यालेक्सी एन ५१ फोनमा स्न्याड्रयाग्न ७३० जी प्रोसेसर प्रयोग गरिएको छ । त्यस्तै यसमा ६.७ इन्चको एसएएमओएलईडी प्लस इन्फिनिटी ओ डिस्प्ले रहेको छ ।

फोनमा क्वाड क्यामेरा सेटअप रहेको छ । जसमा ६४ मेगापिक्सेलको मेन क्यामेरा रहेको छ । भने फोनमा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ ।

सामसङ नेपालका मोबाइल बिजिनेस प्रमुख प्रणय रत्न स्थापितले भने, ‘नयाँ कुराको प्रयोग गर्न रुचाउने हाम्रा जेनजी एवं मिलेनियलहरुलाई यस मोबाइल सेटमा आफूले खोजेको हरेक सुविधा प्राप्त हुने छ । यसमा एम सिरिजमा रिडिफाइन फिचरहरु राखिएका छन् । यसमा शक्तिशाली ब्याट्री राखिएको छ । यसमा भएका सुविधा एवं विशेषताहरुले यसको क्याम्पेन लाइन ‘मिनेस्ट मन्स्टर एभर’लाई समेत पुष्टि गरेको छ ।’

यसमा इन्टलिजेन्ट अन डिभाइस क्वालकम एआई इन्जिन, क्वालकम स्न्यापड्रागन इलाइट गेमिङ जस्ता सुविधाहरु तथा स्न्यापड्रागन ७३० जीको साथ एचडीआर गेमिङ, ४के एचडीआर भिडियो क्याप्चर जस्ता सुविधा रहेका छन् ।

यस फोनको बक्ससँगै टाइप सी २५ वाटको चार्जर पनि उपलब्ध रहेको छ । यस फोनको अगाडि भएको क्यामराले पनि फोरके भिडियो खिच्दछ र स्लोमो सेल्फी पनि खिच्न सकिन्छ ।

ग्यालेक्सी एम ५१ मा शक्तिशाली क्यामरा हार्डवेरको साथ विशेष सुविधाहरु जस्तै सिग्नल टेक जस्तो सुविधा पनि राखिएको छ ।

सिङ्गल टेक सुविधाबाट उत्कृष्ट अवस्थालाई कैद गर्न सक्दछ र १० सेकेन्ड सम्मको फुटेज खिचेर एआईको माध्यमबाट १० फरक फरक आउट पुट प्रदान गर्दछ, जसमा ७ प्रकारको फोटो र ३ प्रकारको भिडियो रहनेछन् ।

फोनमा ६ जीबी र्‍याम र १२८ जीबी इन्टरनल स्टोरेज तथा ८ जीबी र्‍याम र १२८ जीबी इन्टरनल स्टोरेज रहेको छ ।

६/१२८ जीबीको मूल्य ३९ हजार नौं सय ९९ रुपैयाँ तथा ८/१२८ जीबीको मूल्य ४३ हजार नौं सय ९९ रूपैयाँ तोकिएको छ ।  यो फोन सामसङ ब्राण्ड सप तथा रिटेल स्टोरहरुमा १५ डिसेम्बर देखि उपलब्ध भएको छ ।