कीवर्डहरू -

एनसेलको ५० र १०० रुपैयाँको रिचार्जमा पाउँदै आएको भन्दा बढि मेन ब्यालेन्स पाइने

एनसेलको ५० र १०० रुपैयाँको रिचार्जमा पाउँदै आएको भन्दा बढि मेन ब्यालेन्स पाइने

एनसेल आजियाटा लिमिटेडले क्रिसमस तथा नयाँ वर्ष २०२१ को उपलक्षमा आफ्ना प्रिपेड ग्राहकका लागि ‘दामी क्यासब्याक’ योजना ल्याएको छ ।

यो योजनामा ग्राहकलाई ५० रुपैयाँ र १०० रुपैयाँको प्रत्येक रिचार्जमा पाउँदै आएको भन्दा बढि मेन ब्यालेन्स पाईने एनसेलले जनाएको छ ।

यो योजना अन्तर्गत ५० रुपैयाँ रिचार्ज गर्ने प्रत्येक ग्राहकले कम्तिमा हाल पाईने ४९.०२ रुपैयाँ भन्दा बढि अर्थात ५१ रुपैयाँ मेन ब्यालेन्स प्राप्त गर्दछन् ।

त्यसैगरी १०० रुपैयाँको रिचार्जमा अब कम्तिमा विद्यमान ९८.०४ रुपैयाँ भन्दा बढि १०२ रुपैयाँ मेन ब्यालेन्स पाउँछन् ।यो योजना आइतबारबाट लागु भएको छ र १५ दिनका लागि संचालनमा रहनेछ ।

योजना अवधिमा रिचार्ज गर्ने प्रत्येक प्रिपेड ग्राहकलाई क्रमरहित रुपमा प्रत्येक रिचार्जमा विद्यमान भन्दा बढि मेन ब्यालेन्स प्रदान गरिने यो योजनाको प्रमुख विषेशता हो ।

५० रुपैयाँ रिचार्ज गर्ने ग्राहकले यो योजनामा अधिकतम १०० रुपैयाँ सम्म मेन ब्यालेन्स प्राप्त गर्न सक्छन् र त्यसैगरी १०० रुपैयाँ रिचार्ज गर्नेले २०० रुपैयाँ सम्म मेन ब्यालेन्स पाउनेछन् ।

क्रिसमस तथा नयाँ वर्ष २०२१ को अवसरमा ग्राहकलाई रिचार्जमा थप मेन ब्यालेन्स सुनिश्चित गर्दै यो आकर्षक योजना ल्याउन पाएकोमा निकै हर्षित रहेको कम्पनीले जनाएको छ ।

रिचार्ज कार्ड, भर्चुअल फण्ड ट्रान्सफर (भीइफटी) तथा अनलाइन जुन कुनैपनि माध्यमबाट गरिएको ५० रुपैयाँ र १०० रुपैयाँको प्रत्येक रिचार्जमा यो थप मेन ब्यालेन्सको लाभ लिन सकिनेछ । यो योजना पुस १९ गते सम्म लागु हुने जनाएको छ ।