कीवर्डहरू -

अमेजनले इको डिभाइस प्रयोगकर्ताका लागी दियो ग्रुप कलको फिचर

अमेजनले इको डिभाइस प्रयोगकर्ताका लागी दियो ग्रुप कलको फिचर

अमेजनले इको उपकरण प्रयोगकर्ताका लागी ग्रुप कलको फिचर दिएको छ । इको प्रयोगकर्ताले अडियो र भिडियो दुबै कल गर्न सक्ने भएका हुन् ।

यस फिचरले सात जना सम्मलाई अडियो या भिडिया कलमा इको उपकरण जस्तै इको , इको डट, इको सोको माध्यमले जोडिन दिन्छ ।

गत हप्ता अमेजनले फायर टीभी स्टीक र फायर टीभी स्टीक लाइटमा नयाँ फिचरहरु थपेको थियो । फिचरमा नयाँ यूआईसँगै, नयाँ मेन मेन्यू, गन्तव्य खोज्ने, प्रयोगकर्ताको प्रोफाइल र एलेक्सासँगको भ्वाइस फस्र्ट अनुभव जस्ता फिचरहरु रहेका छन् ।

प्रोफाइलले हरेक प्रयोगकर्तालाई आफूले हेरेको कुराहरुको रेकर्ड, सिफारिसहरु, वाच लिस्ट, लाइभ टीभी जस्तो सुविधाको पहुँच दिने गर्दछ ।