कीवर्डहरू -

इन्टरनेटको माध्यमबाट प्रसारण हुने कन्टेन्टमा क्लिनफिड लागु गर्न माग गर्दैं रिट दायर

इन्टरनेटको माध्यमबाट प्रसारण हुने कन्टेन्टमा क्लिनफिड लागु गर्न माग गर्दैं रिट दायर

इन्टरनेटको माध्यमबाट प्रसारण हुने टेलिभिजन तथा भिडियो कन्टेन्टमा क्लिनफिड लागू गर्न माग गर्दैं सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्ड र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर सर्वोच्चमा मुद्दा दायर भएको हो ।

अधिवक्ता विशेश्वर प्रसाद गौतमले विज्ञापन नियमन गर्ने ऐन, राष्ट्रिय प्रसारण नियमावलीविरुद्ध डाउनलिंक अनुमति नलिएका विदेशी टेलिभिजन तथा भिडियो सामग्री एप्लिकेसन मार्फत प्रसारण भएको र त्यसलाई रोक्न माग गर्दै मुद्दा दायर गरेका हुन् ।

एन्ड्रोइड तथा आइओएसमा विभिन्न एपहरु डाउनलोड गरी वा अनलाइन माध्यम तथा ओटीटीबाट पनि टेलिभिजन च्यानलहरु प्रसारण भइरहेको भन्दै यस्ता क्रियाकलाप रोक्न रिट निवेदनमा माग गरिएको छ ।

नेपालमा क्लिक फिड लागु भएपछि केबल टिभी व्यवसायीहरुले आईपी टिभी बन्द गर्नुपर्ने माग राख्दै आएका थिए । नेपालमा गत कार्तिक ७ गतेदेखि क्लिनफिड लागु भएको हो ।