कीवर्डहरू -

कम्पनीले लिने कमिसन घटाउन माग गर्दैं पठाओ चालकहरु आन्दोलनको तयारीमा

कम्पनीले लिने कमिसन घटाउन माग गर्दैं पठाओ चालकहरु आन्दोलनको तयारीमा

पठाओका चालकहरुले कम्पनीले लिने कमिसन घटाउन माग गर्दैं आन्दोलनको तयारीमा जुटेका छन् । सोमबार काठमाडौंको युएनपार्कमा भेला भएर पठाओ चालकहरुले कमिसन घटाउन माग गरेका हुन् ।

पठाओले चालहरुबाट हाल यात्रुले तिर्ने भाडाको २० प्रतिशत रकम कमिसनको रुपमा लिदैं आएको छ । २० प्रतिशत कमिसन लिदा आफुहरु मारमा परेको भन्दैं चालकहरुले कमिसनलाई ८ प्रतिशतसम्म झार्नुपर्ने माग गरेका छन् ।

पठाओका चालकहरूले बाइकको बिमा पनि कम्पनीले गरिदिनुपर्ने माग अगाडी सारेका छन् । साथै राइड शेयरिङका क्रममा दुर्घटना भएमा यात्रुले पनि क्षतिपूर्ति र उपचार खर्च पाउने गरी बिमा गर्नुपर्ने उनीहरुले माग रहेको छ ।

पठाओले अहिले नेपालमा ट्याक्सी र मोटरसाइकल मार्फत राइड शेयरिङका साथसाथै फुड डेलिभरीको सेवा पनि प्रदान गरिरहेको छ । नेपालमा पठाओले आफ्नो सेवा सन् २०१८ मा शुरु गरेको थियो ।