कीवर्डहरू -

घट्यो मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ मार्फत हुने कारोबार

घट्यो मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ मार्फत हुने कारोबार

नेपालमा मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ मार्फत हुने कोरोबार घटेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको कार्तिक महिनाको तथ्यांक अनुसार असोज महिनाको तुलनामा कार्तिक महिनामा मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ मार्फत हुने कारोबार घटेको हो ।

गत असोजमा मोबाइल बैंकिङ मार्फत ७८ लाख ५० हजार १५४ पटक कारोबार भएको थियो । भने कार्तिकमा ७६ लाख ४३ हजार २९६ पटक कारोबार भएको छ ।

यस्तै कारोबार संख्या मात्र नभएर असोजको तुलनामा कार्तिकमा कारोबार रकम समेत घटेको छ । असोज मोबाइल बैंकिङमार्फत महिनामा २८ अर्ब ८० करोड चार लाख रुपैयाँको कारोबार भएको थियो । भने कार्तिकमा २५ अर्ब ६५ करोड चार लाख रुपैयाँमा मात्रै कारोबार भएको छ ।

त्यसैगरी इन्टरनेट बैंकिङ मार्फत हुने कारोबार पनि घटेको छ । गत असोजमा इन्टरनेट बैंकिङबाट २ लाख ७५ हजार ९३३ पटक कारोबार भएकोमा कार्तिकमा भने २ लाख २१ हजार ४०५ पटक मात्र इन्टरनेटबाट बैंकिङबाट कारोबार भएको छ ।

इन्टरनेट बैंकिङ मार्फत असोजमा ६ अर्ब ३१ करोड ४० लाख रुपैयाँको कारोबार भएकोमा कार्तिकमा ५ अर्ब ४३ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।