कीवर्डहरू -

बैंक अफ काठमाण्डूका ग्राहकलाई तिनाउ इन्टरनेशनल हस्पिटलमा २० प्रतिशत छुट

बैंक अफ काठमाण्डूका ग्राहकलाई तिनाउ इन्टरनेशनल हस्पिटलमा २० प्रतिशत छुट

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुले तिनाउ इन्टरनेशनल हस्पिटल प्रालि बुटवलमा छुट पाउने भएका छन् । बैंकको डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा अधिकतम २० प्रतिशत सम्मको छुट उपलब्ध हुने छ ।

उक्त सम्झौतामा बैंकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक सरिता श्रेष्ठ र तिनाउ इन्टरनेशनल हस्पिटल प्रालि बुटवलका अध्यक्ष चिरञ्जिवी श्रेष्ठ जोशीले हस्ताक्षर गरेका हुन् ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।