कीवर्डहरू -

एआईले पहिलो पटक कन्ट्रोल गर्‍यो अमेरिकाको मिलिटरी एयरक्राफ्ट

एआईले पहिलो पटक कन्ट्रोल गर्‍यो अमेरिकाको मिलिटरी एयरक्राफ्ट

अमेरिकाको मिलिटरी एयरक्राफ्टलाई पहिलो पल्ट एआईले  नियन्त्रण गरेको छ । अहिले सम्म एयरक्राफ्टलाई मान्छेले मात्रै चलाएका थिए । एआई भने कोपाईलटको रुपमा रहेको थियो ।

यसले कुन बेला मिसाइल छाड्ने र कुन बेला आफूलाई बचाउने भन्ने बारे राम्ररी निर्णय लिएको थियो । त्यो एयरक्राफ्ट नउडेता पनि एआईले कहाँ कसरी उडाउनुपर्छ भनेर निश्चय गरेको थियो । कतै ओभरराइड पनि गरिएको थिएन् ।

यू २ फेड ल्याबले एक महिना देखि एआईलाई राडरमा काम गर्नका लागी प्रशिक्षित गरिरहेको थियो । यसले गर्दा शत्रु पत्ता लगाउन एआईलाई सहज भएको थियो ।

तर अहिले परीक्षण भइरहँदा पनि हालैमा भने एआईलाई मान्छे भन्दा बढि प्राथमिक्ता दिइदैन् । डिफेन्स विभागले एआई नैतिकता निर्देशिका पनि बनाउने भएको छ ।

एजेन्सी