कीवर्डहरू -

नयाँ भेरिफिकेसन नीति ल्याउँदैं ट्वीटर

नयाँ भेरिफिकेसन नीति ल्याउँदैं ट्वीटर

ट्वीटरको जनवरी २०२१ मा नयाँ भेरिफिकेसन नीति आउने भएको छ । यसले नयाँ भेरिफिकेसन प्रक्रिया सँगसँगै बटको अकाउन्ट कुन हो र बितेको व्यक्तिहरुको अकाउन्टलाई हाईलाइट पनि गरिदिनेछ ।

कम्पनीका अनुसार सामाजिक सञ्जालमा थुप्रै काम लाग्ने खालको बट र सेवाहरु छन् । तर ट्वीटरले यी अकाउन्टहरु मान्छेले चलाएको हैन भनेर स्पष्ट पार्नका लागी अटोमेटेड अकाउन्ट भनेर लेबल लगाइदिने भएको छ ।

त्यस्तै बितिसकेको व्यक्तिको अकाउन्टमा टवीटरले ‘मेमोरीअलाइज्ड’ भन्ने लेबल राखिदिने भएको छ । मेमोरीयलाइजेसन गर्नका लागी पनि ट्वीटरले छुट्टै प्रक्रियाको निर्माण गर्ने छ ।

फेसबुकसँग गत साल देखि नै लेगेसी कन्टयाक्टस फिचर भनेर यो फिचर रहेको छ जसले गर्दा बितिसकेको व्यक्तिसँगको नजिक व्यक्तिले प्रोफाइल चलाउन दिन्छ ।

ट्वीटरको यो भेरिफिकेसन नीति २०१७ मा नै आउनुपर्ने थियो तर केही समस्या आइपरेकाले यो २०२१ सम्म स्थगित भएको हो ।

यो भेरिफिकेसन सेटिङ्गबाट प्राप्त गर्न सकिन्छ । त्यसै गरी निलो टीक पाउनेमा पनि एपले एकदमै ध्यान दिनेछ । यसले अकाउन्टलाई छ ओटा मापदण्डको तहत परीक्षण गर्नेछ ।

\\यसमा समाचार, मनोरञ्जन, खेलकुद, कार्यकर्ता तथा आयोजकहरु, कम्पनी, ब्राण्ड तथा गैरनाफा संघसंस्था र सरकारी निकायहरु जस्ता मापदण्डहरु पर्ने गर्दछन् ।