कीवर्डहरू -

कात्तिक महिनामा इकमर्स मार्फत ८२ करोड रुपैयाँ कारोबार

कात्तिक महिनामा इकमर्स मार्फत ८२ करोड रुपैयाँ कारोबार

कात्तिक महिनामा ईकमर्स मार्फत ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । हालै नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांकले यस्तो देखाएको हो ।

गत असोज महिनामा इकमर्स मार्फत ७९ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । भने असोजको तुलनामा कात्तिक महिनामा २ करोड ६० लाख रुपैयाँले कारोबार रकम बढेको हो ।

इकमर्सबाट असोजमा १ लाख १३ हजार ५२ पटक कारोबार भएको थियो भने कात्तिकमा १ लाख १२ हजार ७०६ पटक कारोबार भएको छ । असोजको तुलनामा कात्तिकमा कारोबार रकम बढेपनि कारोबार संख्या भने घटेको छ ।