कीवर्डहरू -

कालीमाटी फलफूल तथा तरकारी बजारको वेबसाइट ह्याक

कालीमाटी फलफूल तथा तरकारी बजारको वेबसाइट ह्याक

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको वेबसाईट ह्याक भएको छ । सोमबार राति कालीमाटी फलफूल तथा तरकारी बजारको वेबसाइट ह्याक भएको हो ।

ह्याकरहरुले वेबसाइट ह्याक गरी वेबसाइटमा अश्लील सामग्रीहरु राखेका थिए । हाल वेबसाइटलाई सस्पेन्ड गरिएको छ । वेबसाइट ह्याक भएपछि रिकभरको प्रयास भइरहेको छ ।

\"\" वेबसाइट ह्याक भएपछि फलफुल तथा तरकारीहरुको दैनिक मूल्य सूची लगायतका अन्य विवरण हेर्न नमिल्ने भएको छ ।