कीवर्डहरू -

घट्यो कात्तिकमा वालेट मार्फत हुने कारोबार रकम

घट्यो कात्तिकमा वालेट मार्फत हुने कारोबार रकम

कात्तिक महिनामा नेपालमा वालेटबाट हुने कारोबार घटेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।

गत असोजमा वालेटबाट १ करोड १ लाख ७५ हजार ९६२ पटक कारोबार भएको थियो । भने कात्तिकमा ९७ लाख ४९ हजार ७०७ पटक मात्र वालेटबाट कारोबार भएको छ ।

एक महिनाको अवधिमा वालेटको कारोबार संख्या ४ लाख बढिले कमी आएको छ । वालेटको कारोबार संख्या घटेसँगै कात्तिकमा वालेटबाट हुने कारोबार रकममा समेत कमी आएको छ ।

गत असोजमा वालेट मार्फत ९ अर्ब ८८ करोड ३० लाख रुपैयाँको कारोबार भएको थियो भने कात्तिकमा वालेट मार्फत ८ अर्ब ५९ करोड २० लाख रुपैयाँको कारोबार भएको छ । १ महिनाको अवधिमा वालेट मार्फत हुने कारोबार रकम एक अर्ब २९ करोड १० लाख रुपैयाँले घटेको छ ।