कीवर्डहरू -

गूगल मिटमा अब थप चार भाषामा लाइभ क्याप्सन उपलब्ध हुने

गूगल मिटमा अब थप चार भाषामा लाइभ क्याप्सन उपलब्ध हुने

गूगलले गूगल मीटमा चार ओटा भाषामा लाइभ क्याप्सन दिने भएको छ । यी भाषहरु फ्रेन्च, जर्मन, पोर्तुगीज र स्पेनिस रहेको छन् । पहिले भने लाइभ क्याप्सन अङ्ग्रेजी भाषामा मात्रै उपलब्ध रहेको थियो ।

यसले सुन्न गार्‍हो हुने व्यक्ति या धेरै आवाज आइरहेको ठाउँमा बसेको व्यक्तिलाई मिटिङमा उपस्थित हुन सजिलो बनाउँछ । आफ्नै भाषामा लाइभ क्याप्सन आएमा प्रयोगकर्तालाई अझै सहज हुनेछ ।

यो सुविधा दुबै पर्सनल र वर्क अकाउन्टमा आउने छ । तर सबैले यो फिचर पाउनमा दुई हप्ता जति लानेछ । यो मीट चलिरहेको बेलामा अन गर्न मिल्छ ।

यसलाई सुचारु गर्न मिटिङ चलिरहदा तल्लो दाँया भागमा रहेको तीन ओटा थोप्लामा थिच्ने र क्याप्सन भन्ने अपसनमा थिच्ने । त्यसपछि आफूलाई चाहिने भाषा छान्ने र ओकेमा थिच्नु पर्छ ।