कीवर्डहरू -

डेक्स्टपबाट भ्वाइस तथा भिडियो कल गर्न सकिने फिचर ल्याउँदैं ह्वाट्सएप

डेक्स्टपबाट भ्वाइस तथा भिडियो कल गर्न सकिने फिचर ल्याउँदैं ह्वाट्सएप

चर्चित मेसेज गर्न मिल्ने एप ह्वाट्सएपले डेक्स्टप र वेबमा पनि भ्वाइस तथा भिडियो कलको फिचर सार्वजनिक गर्ने भएको छ ।

अहिले सम्म डेक्स्टप र वेब भर्सनमा एपको जति फिचर नभएकाले गत महिना देखि ह्वाट्सएपले डेक्स्टप र वेब भर्सनमा पनि एकदमै धेरै अपडेट ल्याउन थालेको छ ।

डब्लूएबीटाइन्फोको रिपोर्ट अनुसार ह्वाट्सएपले अब भने पीसी र म्याकबाट भ्वाइस या भिडियो कल गर्न दिनेछ । यो फिचर अहिले परीक्षणको चरणमा रहेको छ ।

तर डेक्स्टपको अरु फिचर जस्तै यसका लागी पनि आफ्नो फोनसँग भने जोडि राख्नुपर्छ । तर यसले गर्दा काम गरिरहेको बेलामा ह्वाट्सएपको मेसेज पनि रिप्लाई या कलमा जोडिन सकिन्छ ।

यो फिचर चाँडैनै सबै प्रयोगकर्ताले पाउनेछन् । यो भन्दा पहिले डेक्स्टप एपले स्टीकर सपोर्ट पाएको थियो । यसले गर्दा प्रयोगकर्ताहरुले एकअर्कालाई स्टीकर पठाउन सक्दथे ।