कीवर्डहरू -

स्काइपले एआई प्रयोग गरेर ग्रुप कललाई अझै वास्तविक बनाउँदैं

स्काइपले एआई प्रयोग गरेर ग्रुप कललाई अझै वास्तविक बनाउँदैं

स्काइपले एआई प्रयोग गरेर ग्रुप कलहरुलाई अझै वास्तविक बनाउन खोजेको छ । यो माइक्रोसफ्ट टिम्सको टूगेदर मोड जस्तै फिचर हो । यो फिचर भने दर्शक नराखिकनै भइरहेको खेलकुदको क्रियाकलापहरुमा पनि प्रयोग गरिएको छ ।

यसले सबै सहभागीहरुले सँगै राखिदिएको जस्तो देखाउँछ र भर्चुअल्ली एउटै क्षेत्रमा रहेको जस्तै देखाउँछ । यही फिचर भने अब स्काइपमा पनि आउने भएको छ । अबको नयाँ भर्सनले सबै सहभागीहरु सँगै रहेको बहाना गर्न सकिन्छ ।
यस फिचरलाई पाउन स्काइप इन्स्टल नगरिकनै वेब क्लायन्टबाट नै पहुँच गर्न सकिन्छ । एक जना सँग मात्रै अकाउन्ट भएमा त्यो प्रयोगकर्ताले मीट नाऊ लिङ्क पठाएर अरुलाई पनि जोड्न सक्छ ।

स्काइपमा नयाँ ग्रीड मोड पनि आएको छ जसले एकैचोटि वेबक्याम स्ट्रीम पनि हेर्न दिन्छ । अरु नयाँ ब्याकग्राउण्डहरु पनि थपिएको छ ।

एजेन्सी