कीवर्डहरू -

साइबरपङ्क २०७७ को मोबाइल भर्सनमा र्‍यान्समवेयर 

साइबरपङ्क २०७७ को मोबाइल भर्सनमा र्‍यान्समवेयर 

साइबरपङ्क २०७७ थुप्रै प्लेटफर्महरुमा उपलब्ध छ । यो गूगल स्टाडियामा पनि उपलब्ध छ । तर साइबरपङ्क २०७७ को मोबाइल भर्सनमा भने र्‍यान्समवेयर भएको पाइएको छ ।

टेकराडरको रिपोर्ट अनुसार एउटा फेक वेबसाइटले गूगल प्ले स्टोरको लिङ्क बनेर गेमको मोबाइल भर्सन दिने गर्दछ । क्यास्परस्काईको अनुसार यसले गेमको सट्टा मोबाइलमा मालवेयर इन्स्टल गरिदिने गर्दछ ।

त्यो र्‍यान्समवेयरको नाम भने कोडरवेब हो र यसले १० घण्टा भित्रमा ५०० डलर बीटकोइन पठाउन भन्छ र नपठाएमा  सबै फाइल डिलिट गरिदिने धम्की दिन्छ ।

कोडरवेबको पीसी भर्सन पनि रहेको पाईएको छ । यो गेम भने एक्सबक्स र प्लेस्टेसनमा रहेको छ ।

एजेन्सीको सहयोगमा