कीवर्डहरू -

गूगल क्यामेरा गो एपमा अब एचडिआर सपोर्ट

गूगल क्यामेरा गो एपमा अब एचडिआर सपोर्ट

गूगलले गूगल क्यामेरा गो एपका लागी नयाँ फिचर ल्याएको छ । गूगलले यो क्यामेरा एप इन्ट्री लेभल स्मार्टफोनको लागि अफर गरेको छ ।  यो एन्ड्रोइड गो अरेटिङ्ग सिस्टममा उपलब्ध रहेको छ ।

यो नयाँ अपडेटसँगै क्यामेरा गो एपमा एचडीआर सपोर्टसँग आएको छ । यसको जानकारी एन्ड्रोइडले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टबाट दिएको थियो । यसले क्यामेरा गोलाई अझै राम्रो बनाएको कम्पनीले बताइएको छ ।

कम्पनीले एचडीआरलाई अझै धेरै एन्ड्रोइड डिभाइसहरुमा ल्याउन खोजिरहेको बताएको छ यसले फोटोलाई अझै रङ्ग र विवरण दिने गर्दछ । अक्टोबरमा गूगलले गूगल क्यामेरा गो एपमा नाईट मोड पनि दिएको थियो ।

यो पहिलो चोटि २०१८ सालमा लञ्च गरिएको थियो । अब यो अरु बजेट स्मार्टफोनहरुमा पनि उपलब्ध हुनेछ ।