जीओ अटोमोवाइल्स प्रालि (जीओ) फोर्ड गाडीको नेपालको लागि आधिकारिक विक्रेताले हालै फोर्डको २०२१ संस्करण २०२० कै मूल्यमा बुकिङ्ग खुल्ला गरेको थियो ।
क्रिसमसको उपलक्ष्यमा लविम मलले हरेक वर्षझै गर्ने हर्षोल्लासमय पर्वमा फोर्डले सहकार्य गर्दै विभिन्न उपहारहरु ग्राहकवर्गमाझ बाढ्ने भएको छ । साथै यस उत्सवमा फोर्डको २०२१ सँस्करण गाडी २०२० मूल्यमा बूकिङ्गको व्यवस्था पनि गरिएको छ ।
ग्राहकको सुविधालाई ध्यानमा राखी फोर्ड इकोस्पोर्ट र फोर्ड फ्रिस्टाइलको टेष्ट ड्राइभको पनि व्यवस्था गरिएको छ । यस उत्सवमा ग्राहकहरुले विभिन्न अद्भुत र आश्चर्यजनक खेल, प्रतियोगिताहरुको साथै यसपाली अलि फरक किसिमको सान्तासँग अन्तरक्रिया गर्ने मौका पनि प्राप्त गर्न सक्ने छ ।
पहिला देखि नै हामीले सान्तालाई रातो र सेतो पहिरणमा देख्दै आइरहेको छौं भने यसपाली लविममा सान्ता नीलो र सेतो पहिरणमा हुनेछ ।
प्रदशर्नी तथा टेष्ट ड्राइभ
सो उत्सवमा ग्राहकले आफ्नो छनौटको फोर्ड गाडी अवलोकन तथा टेष्ट ड्राइभ गर्न पाउने सुविधाको पनि व्यवस्था गरिएको छ । फोर्ड विक्री प्रतिनिधिले इच्छुक ग्राहकको लागि विभिन्न फोर्ड गाडीको प्रदर्शन गर्नेछन् । साथै २०२१ संस्करण फोर्ड गाडीको २०२० मूल्यमा वुकिङ्गको पनि व्यवस्था गरिएको छ ।
फोटो प्रतिस्पर्धा
कम्पनीको डिजिटल प्रचार अन्तरगत उत्सवमा सहभागीहरुले तल्लो फ्लोरमा रहेको क्रिसमस ट्री (एल जी टी) सँगै फोटो खिची आफ्नो सोसियल मिडिया (पब्लिक पोष्ट) मा निम्न ह्यासट्याग # FORD_WINTER_FEST_#FORD NEPAL # LABIM MALL पोष्ट गरी दैनिक आकर्षक उपहार जित्न सकिने छ । यस प्रतिस्पर्धाको विजेताले फबाट आकर्षक उपहार एमआई फिट ब्याण्ड प्राप्त गर्नेछन् ।
नीलो सान्ता
सान्ता बारे तपाईको अवधारणा के छ ? सान्ता जसलाई रातो र सेतो पहिरणमा देख्छौं यस क्रिसमसमा फोर्डले फरक परिदृश्यमा प्रस्तुत गर्दैछ ।
सान्ता फोर्डको नीलो पृष्ठभूमीमा राम्रो साजसज्जाका साथ प्रस्तुत हुँदै उपहार चकलेट बाँढ्दै लविम मलको दर्शकमा प्रेमभाव व्यक्त गर्नेछन् ।