कीवर्डहरू -

रिचार्जरको क्रिसमस अफर,गिफ्टमा ७० प्रतिशत छुटसँगै १२ रुपैयाँमा आइफोन १२ जित्ने मौका

रिचार्जरको क्रिसमस अफर,गिफ्टमा ७० प्रतिशत छुटसँगै १२ रुपैयाँमा आइफोन १२ जित्ने मौका

मोबाइल एप रिचार्जरले क्रिसमसको अवसर पारेर छुट अफर सार्वजनिक गरेको छ । यसका साथै रिचार्जरले आईफोन १२ किन्न चाहनेहरुलाई ७ हजार ८८८ रुपैयाँको मासिक किस्तामा १२८ जीबी स्टोरेज भएको आइफोन १२ उपलब्ध गराउने भएको छ । यसका लागि डाउन पेमेन्टमा कुनै शुल्क नलाग्ने तर क्रेडिट कार्ड अनिवार्य हुनेछ ।

माछापुच्छ्रे बैंक, एनआइसी एशिया बैंक, सिद्धार्थ, ग्लोबल आईएमई, मेगा बैंकका क्रेडिटकार्ड वाहकले तत्काल आइफोन खरिद गर्न सक्ने छन् । अरुले भने रिचार्जरको मोबाइल एपबाट नयाँ प्रकृयाबाट शुन्य प्रतिशत व्याजदरमा आइफोन खरिद गर्न सक्ने छन् ।

गुगल प्ले तथा एपस्टोरबाट रिचार्जर एप डाउनलोड गरी क्रिसमसका अन्य अफरमा सहभागि हुन सकिनेछ । रिचार्जरले अफरको समयमा १२ रुपैयाँमा आईफोन १२ जित्ने व्यवस्था गरेको छ । यसका लागि एपबाट गोलाप्रथाका लागि १२ रुपैयाँमा टोकन खरिद गर्नु पर्ने रिचार्जरले जनाएको छ ।

त्यसैगरी रिचार्जरले क्रिमसको अवसरमा गिफ्टहरुको खरिदमा ७० प्रतिशतसम्म छुट उपलब्ध गराउनेछ ।

गुगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरि एकाउन्ट खोल्दा १ हजार क्यास प्वाइन्ट पाउन सकिन्छ । यसका साथै रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ ।

अन्य सेवाहरुको महसुल भुक्तानीमा पनि पाइने क्यास प्वाइन्टलाई रिचार्जरबाट सामान किन्दा छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।