कीवर्डहरू -

पोर्न साइटमा अश्लिल भिडियो अपलोड गर्ने पक्राउ 

पोर्न साइटमा अश्लिल भिडियो अपलोड गर्ने पक्राउ 

नेपाल प्रहरीको साइबर ब्यूरोले पोर्न साइटमा अश्लिल भिडियो अपलोड गर्ने एकजना व्यक्तिलाई पक्राउ गरेको छ ।

मकवानपुर जिल्लास्थित हेटौडा उपमहानगरपालिका वडा नं ४ पारिजात पथ बस्ने ३६ वर्षीय अश्लम अन्सारीलाई मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा हेटौंडाबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जानकारी दिएको छ ।

उनले मकवानपुर घर भई हाल थाइल्यान्डमा बस्ने पारिजात (नाम परिवर्तित) को अर्ध नग्न तथा नग्न तस्वीर र भिडियो पोर्न साइटमा समेत अपलोड गर्नुका साथै ती तस्वीर तथा भिडियोहरु पोर्न साईटहरुबाट हटाउन लाखौं रकम माग गरी ब्ल्याकमेल गर्दै आएका थिए ।

ब्यूरोका प्रवक्ता नविन्द अर्यालका अनुसार आफ्नै महिला साथीलाई यौन उत्पीडन दिने, यौन दुराचार गर्ने, दुःख हैरानी दिने कार्य गरी विद्युतीय कारोवार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुर गरेको पाइएको हुँदा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिई अन्सारीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

त्यसैगरी सामाजिक सञ्जाल फेसबुकमा ईन्द्रायणी (परिवर्तित नाम) को फेक आईडी बनाई निजको आफन्त तथा नजिकका साथीहरुलाई यौनजन्य, अश्लील सन्देश तथा तस्वीर पठाउने, यौन अश्लीलतायुक्त अनर्गल सामाग्री पोष्ट गरी अपमान गर्ने, हैरानी दिने एक व्यक्तिलाई पनि मंगलबार ब्यूरोले पक्राउ गरेको छ ।

ब्यूरोले गोरखा जिल्ला सुलिकोट गाउँपालिका वडा नं. ५ बारपाक घर भई हाल ललितपुर गोदावरी नगरपालिका वडा नं. ११ चापागाउँ बस्ने वर्ष २० का रोलक वहादुर थापालाई पक्राउ गरेको हो ।

विद्युतीय कारोवार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुर गरेको पाइएको हुँदा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिई उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।