कीवर्डहरू -

आउँदो १२ जनवरीमा एक्सीनोस २१०० सार्वजनिक गर्दैं सामसङ 

आउँदो १२ जनवरीमा एक्सीनोस २१०० सार्वजनिक गर्दैं सामसङ 

सामसङले आगामी जनवरी १२ मा एक्सीनोस २१०० प्रोसेसर सार्वजनिक गर्ने भएको छ । कम्पनीले यो चीपसेट  ग्यालेक्सी एस २१ सिरिज भन्दा पहिले नै सार्वजनिक गर्ने छ ।

ग्यालेक्सी एस २१ सिरिज भने रिपोर्ट अनुसार जनवरी १४, २०२१ मा सार्वजनिक गरिने बताइएको छ । कम्पनीले ट्वीटरमा एक्सीनोसको टीजर समेत लञ्च गरेको छ ।

अहिले सम्म सामसङले प्रोसेसरको बारेमा केही पनि बताएको छैन् । तर थाहापाए अनुसार एक्सीनोस २१०० भने १ गुणा बढि अल्ट्रा हाई परफोमेन्समा चल्ने गर्दछ र राम्रो प्रोसेसिङ्गका लागी २.९ गीगाहर्जको कोर रहेको छ ।

त्यसैगरी ३ गुणा बढि राम्रो प्रस्तुतीका लागी २.८ गीगाहर्जको कोर रहेको छ । प्रोसेसरमा ४ गुणा सेभिङ कोरका लागी २.४ गीगाहर्जको कोर रहेको छ जसले दक्षता बढाउँछ । यसले आर्मको सेकेन्ड जेनेररेसन भलहल आर्किटेक्चर प्रयोग गरेको अनुमान लगाइएको छ ।

यो प्रोसेसरमा बिल्ट इन ५ जी मोडेम आउने बताइएको छ जुन भने दुवै किसिमको ५ जी नेटवर्कमा काम लाग्ने गर्दछ । सामसङले राम्रो दक्षताका लागी यसमा ५ नानोमिटर अल्ट्रा भ्वाइलेट लीथोग्राफी प्रोसेसिङको टेक्नोलोजीको प्रयोग गरेको जनाइएको छ ।