कीवर्डहरू -

सन् २०२० मा ह्वाट्सएपमा आएका यी हुन् १० फिचर

सन् २०२० मा ह्वाट्सएपमा आएका यी हुन् १० फिचर

विश्वको लोकप्रिय म्यासेजिङ एप ह्वाट्सएपले सन् २०२० मा विभिन्न नयाँ फिचरहरु सार्वजनिक गरेको छ । सार्वजनिक भएका केही फिचरहरुमा ह्वाट्सएपले सन् २०१९ देखिनै काम गर्न थालेको थियो ।

आज हामी तपाईलाई सन् २०२० मा ह्वाट्सएपमा आएका १० फिचरहरुको बारेमा जानकारी दिदैछौं ।

डिसअपेयरिङ म्यासेज

ह्वाट्सएपले केही समय अगाडी डिसअपेयरिङ म्यासेज फिचर सार्वजनिक गरेको थियो । जसमा यो फिचर इनेबल गरेर म्यासेज पठाउन सकिन्छ ।

यो फिचर एकपटक इनेबल भएपछि व्यक्रिगत वा ग्रुप च्याटमा पठाइएको म्यासेज सात दिनपछि हराउने छ ।

ह्वाट्सएप पेमेन्ट

ह्वाट्सएप पेमेन्ट फिचर यसै वर्ष सार्वजनिक भएको हो । यो फिचरको सहयोगले पियर टु पियर रकम ट्रान्सफर गर्न सकिन्छ ।

कस्टमाइजेबल वालपेपर

कस्टमाइजेबल वालपेपर फिचर आउनुअघि प्रयोगकर्ताले एउटा मात्रै वालपेपर च्याटमा सेट गर्न सक्दथे । तर गत महिनामात्रै वाट्सएपले कस्टमाइजेबल वालपेपर सार्वजनिक गर्‍यो ।

ह्वाट्सएप प्रयोगकर्ताले कस्टमाइजेबल वालपेपर मार्फत् फरक फरक वालपेपरहरु फरक फरक च्याटमा सेन्ड गर्न सक्छन् । त्यहाँ वालपेपरको रुपमा फोटो लिने विकल्प पनि रहेको छ ।

सधैंको लागि च्याट म्युट

ह्वाट्सएपले यो वर्ष च्याटलाई सधैंको लागि म्युट गर्न सकिने फिचर सार्वजनिक गर्‍यो । प्रयोगकर्ताले व्यक्तिगत तथा ग्रुप च्याटलाई सधैंको लागि म्युट गर्न सक्छन् ।

एनिमेटेड स्टिकर

यो वर्ष एनिमेटेड स्टिकरको सुविधा पनि ह्वाट्सएपमा आयो । च्याटलाई चाखलाग्दो र रमाइलो बनाउन कम्पनीले एनिमेटेड स्टिकर फिचर सार्वजनिक गरेको हो ।

हाल एपमा चारवटा एनिमेटेड स्टिकर प्याक डाउनलोडका लागि उपलब्ध छन् ।

ग्रुप भिडियो कल

ह्वाट्सएपले सन् २०२० मा ग्रुपमा पनि भिडियो कल गर्न सकिने सुविधा सार्वजनिक गर्‍यो । यस फिचर मार्फत एकपटकमा आठ जनासम्मले कुराकानी गर्न सक्छन् ।

एडभान्स सर्च अप्सन

ह्वाट्सएप एपमा कम्पनीले एडभान्स सर्च अप्सनको सुविधा ल्यायो । यस फिचरको सहयोगले प्रयोगकर्ताले टेस्ट म्यासेज मात्र नभएर फोटोज, गिफ, भिडियो तथा अन्य डकुमेन्ट पत्ता लगाउन सक्छन् ।

क्युआर कोड

क्युआर कोडको सहयोगले ह्वाट्सएपमा नयाँ साथी बनाउन अझै सहज बनाइदिएको छ । यो फिचरले क्युआर कोड मार्फत कन्ट्याक्ट डिटेल शेयर गर्न सहयोग गर्छ ।

डार्क मोड

यो वर्ष ह्वाट्सएपमा डार्क मोड फिचर पनि सार्वजनिक भएको छ । कम्पनीका अनुसार डार्क मोड फिचरले आखाँमा तनाव कम गर्न मद्दत पुर्‍याउने छ ।

स्टोरेज म्यानेजमेन्ट टुल

ह्वाट्सएपले हालै स्टोरेज म्यानेजमेन्ट टुल पनि सार्वजनिक गरेको छ । जसले स्टोरेज फुल भयो भने प्रयोगकर्तालाई स्वत उनीहरुको फोनमा सूचना पठाउँछ । साथै स्टोरेज खाली गर्न फोटो, भिडियो तथा जंक डेटा हटाउन भन्छ ।