कीवर्डहरू -

एनएमबि बैंक पनि ‘कर्पोरेट पे’ प्रणालीमा, नेपाल क्लियरीङ्ग हाउससँग भयो सम्झौता

एनएमबि बैंक पनि ‘कर्पोरेट पे’ प्रणालीमा, नेपाल क्लियरीङ्ग हाउससँग भयो सम्झौता

एनएमबि बैंकले कर्पोरेट हाउसहरुको भुक्तानी प्रणाली सहजताको लागी कर्पोरेट पे ल्याउन नेपाल क्लियरीङ्ग हाउससँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

कर्पोरेट पेको प्रयोगले फण्ड ट्रान्सफर, बल्क पेमेन्ट, ब्याच पोष्टिङ्ग, तलव भुक्तानी, सरकारी कर भुक्तानीमा सहजता प्रदान गर्ने बताइएको छ ।

समझदारीपत्रमा एनएमबि बैंकका प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र नेपाल क्लियरीङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

हालको प्रतिकुल परिस्थिति र अपनाउनु पर्ने सुरक्षा उपायहरूको माझमा गरिएको यो सम्झौता भौतिक दूरी कायम गर्न मद्दत पु¥याउन एनएमबि बैंकले लागु गरिरहेको धेरै परियोजनाहरु मध्ये एक हो ।

यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटाइजेसनको तर्फ केन्द्रित रही नगद सहितबाट नगद रहित समाज रूपान्तरणको दिशामा उन्मुख भएको बैंकले जनाएको छ ।