कीवर्डहरू -

एनएमबि बैंक र सेलपेबीच सहकार्य

एनएमबि बैंक र सेलपेबीच सहकार्य

एनएमबि बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ ।

उक्त सम्झौता पत्रमा बैंकका प्रमुख व्यापार र रणनितिक अधिकृत सुदेश उपाध्याय र सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन् ।

सेलपे, सेलकमद्वारा संचालित नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो, जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाता मार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ ।