कीवर्डहरू -

‘स्टार्टअप आइसिटी अवार्ड २०२०’ क्रिप्टोजेन नेपाललाई प्रदान

‘स्टार्टअप आइसिटी अवार्ड २०२०’ क्रिप्टोजेन नेपाललाई प्रदान

स्टार्टअप आइसिटी अवार्ड २०२० क्रिप्टोजेन नेपाललाई प्रदान गरिएको छ । शनिबार सोल्टी क्राउन प्लाजामा आयोजना भएको आइसिटी अवार्डमा क्रिप्टोजेन नेपाललाई स्टार्टअप आइसिटी अवार्ड २०२० प्रदान गरिएको हो ।

आइसिटी अवार्ड आयोजक समितिका अध्यक्ष राजन लम्सालको अध्यक्षतामा शुरू भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको उपस्थिति रहेको थियो ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथीको रुपमा पूर्व वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहको उपस्थिति रहेको थियो । भने कार्यक्रममा अन्य विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

के हो क्रिप्टोजेन नेपाल ?

क्रिप्टोजेन नेपाल इन्फरमेसन सेक्युरिटी कम्पनी हो । विभिन्न संघसंस्थाहरुलाई साइबर क्षेत्रमा सुरक्षित गराउने उदेश्य अनुरुप २०७६ जेष्ठमा कम्पनी स्थापना भएको हो ।

कम्पनीले आइएस अडिट, भल्नेराबिलिटी एसेसमेन्ट, पेनेट्रेसन टेस्टिङ, आइटी सेक्युरिटी कन्सल्टेन्ट, इन्सिडेन्ट रेस्पोन्स, इन्फरमेसन सेक्युरिटी ट्रेनिङ, सर्भर एसेसमेन्ट लगायतका साइबर सुरक्षामा आधारित सेवाहरु प्रदान गर्दैं आएको छ ।

कम्पनीले स्मार्ट च्वाइस टेक्नोलोजी, प्रभु बैंक, सिद्धार्थ बैंक, सडक विभाग, प्रिज्मा एडभरटाइजिङ जस्ता संस्थालाई सेवा दिइरहेको छ । क्रिप्टोजेन नेपालको कार्यालय नागपोखरी काठमाडौंमा रहेको छ ।

वषन्त पाण्डे, निर्मल दाहाल, आदित्य खाती र सन्तोष भण्डारी कम्पनीको सहसंस्थापक छन । कम्पनीले ९ जनालाई रोजगारी दिएको छ ।