कीवर्डहरू -

‘प्रोडक्ट आइसिटी अवार्ड २०२०’ सीपीएफडीएसलाई प्रदान

‘प्रोडक्ट आइसिटी अवार्ड २०२०’ सीपीएफडीएसलाई प्रदान

प्रोडक्ट आइसिटी अवार्ड २०२० सीपीएफडीएसलाई प्रदान गरिएको छ । शनिबार सोल्टी होटेलमा आयोजना भएको आइसिटी अवार्डमा सीपीएफडीएसलाई प्रोडक्ट आइसिटी अवार्ड २०२० प्रदान गरिएको हो ।

आइसिटी अवार्ड आयोजक समितिका अध्यक्ष राजन लम्सालको अध्यक्षतामा शुरू भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको उपस्थिति रहेको थियो ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथीको रुपमा पूर्व वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहको उपस्थिति रहेको थियो । भने कार्यक्रममा अन्य विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

के हो सीपीएफडीएस ?

‘सीपीएफडीएस’ एएमएल एण्ड केवाईसी म्यानेजमेन्ट सिस्टम डिजिटल एज नेपालले विकास गरेको प्रोडक्ट हो । यसको प्रयोगले संस्थाहरुले सम्पति शुद्धिकरण र अरु वित्तिय अपराधहरु रोक्नलाई मद्दत पुर्‍याउँछ ।

यसमा केवाईसी म्यानेजमेन्ट, एएमएल म्यानेजमेन्ट, रिस्क स्कोरिङ तथा रिस्क एसिसमेन्ट, रिपोर्ट म्यानेजमेन्ट तथा गोएएमएल लगायतका सुविधाहरु छन् ।

यसले नविल बैंक, सनराइज बैंक, सानिमा बैंक, बैंक अफ काठमाण्डु, एनएमबी बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, नेपाल बंगलादेश बैंक लगायत १८ संस्थाहरुलाई सेवा प्रदान गरिरहेको छ ।