कीवर्डहरू -

पाइला इमरजेन्सी रिससीएटरले पायो एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड

पाइला इमरजेन्सी रिससीएटरले पायो एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड

‘एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२०’ पाइला इमरजेन्सी रिससीएटरलाई प्रदान गरिएको छ । शनिबार सोल्टी क्राउन प्लाजामा आयोजना भएको आइसिटी अवार्डमा पाइला इमरजेन्सी रिससीएटरलाई ‘एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२०’ प्रदान गरिएको हो ।

आइसिटी अवार्ड आयोजक समितिका अध्यक्ष राजन लम्सालको अध्यक्षतामा शुरू भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको उपस्थिति रहेको थियो ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथीको रुपमा पूर्व वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहको उपस्थिति रहेको थियो । भने कार्यक्रममा अन्य विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

के हो पाइला इमरजेन्सी रिससीएटर ?

पाइला इमरजेन्सी रिससीएटर पाइला टेक्नोलोजीले विकास गरेको इन्नोभेसन हो ।  पाइला टेक्नोलोजीले परि रोबोट लगायतका धेरै महत्वपुर्ण इन्नोभेसनहरु बजारमा ल्याएसकेको छ । कोभिड १९ को महामारी रोकथाम गर्न सघाउने हिसाबले रोबोट र भेन्टिलेटर विकास गर्नेतर्फ पनि कम्पनीले काम गरेको छ ।

पाइला इमरजेन्सी रिससीएटर महामारीको समयमा मानिसको जीवन बचाउन उपयोगी रहेको छ । यसलाई आइसीयूको भेन्टिलेटरको सट्टा प्रयोग गर्न नमिले पनि सासफेर्न गाह्रो हुनेको लागी तत्काल प्रयोग गर्न सकिन्छ ।

यसमा धेरै पारामिटरहरु प्रयोग गरेर वृहत रुपमा मोनिटरिङ गर्न सकिेने सिस्टम रहेको छ । यो एम्बु ब्यागमा आधारित भेन्टिलेटर सिस्टम हो । यसले ४ घण्टाको ब्याट्री ब्याकअप दिन्छ । थोरै लगानीमा पनि विरामीको कठिन समस्या समाधानमा यो प्रडक्ट उपयोगी छ ।

पाइला इमरजेन्सी रिससीएटरलाई क्याटोगोरी स्पोन्सर एनसेलले ३ लाख रुपैयाँ नगद प्रदान गरेको छ । भने जेनस सोलुसनले ५ हजार डलर बराबरको अमेज वेब सर्भिसेस सेवा प्रदान गरेको छ ।

त्यस्तै गरी विजेताले ईसेवाको तर्फबाट २५ हजार रुपैयाँ बराबरको एपीआई सुविधा पनि प्राप्त गरेको छ । साथै एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्डमा उत्कृष्ट ५ मा पर्न सफल इन्नोभेसनहरुलाई हुवावेले निःशूल्क क्लाउड सुविधा समेत प्रदान गरेको छ ।

त्यस्तै विजेतालाई सरकारी स्वामित्व रहेको नेपाल टेलिकमले एक वर्ष सम्मको लागि निःशूल्क उच्च गतिको फाइबर इन्टरनेट सुविधा  प्रदान गरेको छ ।