कीवर्डहरू -

सन्चै छौंले पायो राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड

सन्चै छौंले पायो राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड

‘राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२०’ सन्चै छौंलाई प्रदान गरिएको छ । शनिबार सोल्टी क्राउन प्लाजामा आयोजना भएको आइसिटी अवार्डमा सन्चै छौंलाई ‘राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२०’ प्रदान गरिएको हो ।

आइसिटी अवार्ड आयोजक समितिका अध्यक्ष राजन लम्सालको अध्यक्षतामा शुरू भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको उपस्थिति रहेको थियो ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथीको रुपमा पूर्व वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहको उपस्थिति रहेको थियो । भने कार्यक्रममा अन्य विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

के हो सन्चै छौं ?

सञ्चै छौंको विकास सेन्ट जेभियरका विद्यार्थी गौतम फुयाल, गौरभ चौलागाई, कासिस मानन्धर र करिष्मा कुँवरले गरेका हुन् ।

सन्चै छौंका प्रयोगकर्ताहरुले भर्चुअल रुपमा डाक्टरसँग परामर्श गर्न सक्छन् । त्यस्तै सन्चै छौंको एपमा स्वास्थ्य टिप्स, औषधीहरु कुन खाने र कुन समयमा खाने जानकारी, नजिकैको अस्पतालको बारेमा जानकारी, रोगको बारेमा जानकारी लिन सकिने लगायतका सुविधा रहेका छन् ।

यसमा भर्चुअल मेडिकल असिस्टेन्टको समेत सुविधा रहेको छ । कुन समस्या वा रोगमा कस्तो औषधी प्रयोग गर्ने भन्ने कुरामा पनि विभिन्न प्रविधि र कन्सल्टेसन मार्फत एपले सजेष्ट गर्नसक्छ । आफ्नो नजिक रहेको अस्पताल र स्वास्थकर्मिहरुको बारेमा पनि यसले जानकारी दिन्छ ।