कीवर्डहरू -

अब सफा टेम्पोमा यात्रा गर्दा क्युआर कोडबाटै पैसा तिर्न सकिने

अब सफा टेम्पोमा यात्रा गर्दा क्युआर कोडबाटै पैसा तिर्न सकिने

प्रभु बैंकले मोबाइल बैंकिङ्ग सेवा प्रयोगकर्तालाई काठमाडौ उपत्यकामा चल्ने सफा टेम्पुमा यात्रा गर्दा क्यूआर कोडमार्फत भाडा भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ ।

यो सेवा अन्य बैंकका मोबाइल बैंकिङ्ग सेवा प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्नेछन् । यो क्यूआर कोड सेवा प्रभु बैंक र आइडिया स्टुडियो नेपालको सहकार्यमा काठमाडौं उपत्यकामा महिला सवारी चालकहरुद्वारा सञ्चालन हुने सफा टेम्पोहरुमा उपलब्ध हुनेछ ।

महिला सवारी चालकद्वारा सञ्चालन हुने सफा टेम्पोहरुमा प्रभु बैंकको क्यूआर कोड राखिएको छ उक्त सफा टेम्पुमा यात्रा गर्ने यात्रुहरुले आफ्नो मोबाइलबाट क्यूआर कोड स्क्यान गरी सजिलै भाडा रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको प्रभु बैंकले जनाएको छ ।

क्यूआर कोड सेवाबाट यात्रुहरु भाडा भुक्तानी गर्नको लागि नगदै बोक्ने झन्झटबाट मुक्त हुनेछन् । यसबाट डिजिटल भुक्तानीमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।