कीवर्डहरू -

राइडरहरुद्वारा पठाओ कार्यालय तोडफोड

राइडरहरुद्वारा पठाओ कार्यालय तोडफोड

पठाओ‌ राइडरहरूले पठाओको कार्यालयमा तोडफोड गरेका छन् । आफ्नो माग सम्बोधन नभएको भन्दै राइडरहरुले सोमबार कार्यालय तोडफोड गरेका हुन् ।

केही समययता कम्पनीविरुद्ध आन्दोलित हुँदै आएका राइडरहरुको एक समूहले कार्यालयमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

तोडफोडमा संलग्न रहेका केही युवालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरका डीएसपी दक्ष बस्नेतले जानकारी दिए ।

राइडरहरूले कम्पनीले आफूखुसी निर्णय गर्ने गरेको, कुनै किसिमको सेवा सुविधा नदिएको, राइडिङ बापतको कमिसन धेरै लिएको आरोप लगाएका छन् ।

आन्दोलनरत पठाओ राइडरहरुले गत सोमबार पठाओ कम्पनीमा ११ बुँदे मागपत्र पेस गरेका थिए । कम्पनीले केही दिन अघिमात्रै राइडर तथा ग्राहक दुबैको लागि ५ लाखसम्मको बिमा सुविधा ल्याएको थियो ।