कीवर्डहरू -

फाइभजी प्रविधिको प्रयोग गरेर एयरपोर्टमा कोरोना भाइरस जाँच गर्न थाल्यो दक्षिण कोरिया

फाइभजी प्रविधिको प्रयोग गरेर एयरपोर्टमा कोरोना भाइरस जाँच गर्न थाल्यो दक्षिण कोरिया

दक्षिण कोरियाले फाइभजी प्रविधिको प्रयोग गरेर एयरपोर्टमा कोरोना भाइरसको जाँच गर्न थालेको छ । जसको लागि दक्षिण कोरियाले इनचन अन्तराष्ट्रिय एयरपोर्टमा मोबाइल एज कम्प्यूटिङ (एमईसी) प्रविधिको शुरूवात गरेको छ ।

यसले कोही व्यक्तिलाई कोभिड लागेको छ की छैन भनेर पत्ता लगाउने गर्दछ । कोभिडलाई फैलिन नदिइ नियन्त्रण गर्नका लागी यो प्रयत्न गरिएको हो । यो सिस्टमले मास्क लगाएको छ की छैन भनेर पनि हेर्ने गर्दछ ।

यसले जानकारी संकलन गरेर नजिकैको सानो डेटा सेन्टरमा पठाउने गर्दछ । यसले दक्षिण कोरियाको टेलिकम कम्पनीको नयाँ एआई चीप प्रयोग गर्ने गर्दछ ।

एजेन्सीको सहयोगमा